दुई विभागीय नेपाल एपिएफ र नेपाल प्रहरी क्लब क्लबबीच उपाधि भिडन्त

137
0
Share:

काठमान्डौ/विभागीय टोली नेपाल एपिएफ र नेपाल प्रहरी क्लब प्रथम पोस्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा दुई सेटले पछि परेको स्थितिलाई उल्ट्याउँदै एपिएफ फाइनलमा पुगेको हो ।

 

 

एपिएफले अर्को विभागीय टोली नेपाल आर्मीलाई ३–२ ले पराजित गर्‍यो । लगातार दुई सेट आफ्नो पक्षमा पारेको आर्मीले २५–२३ र २५–१२ को प्रदर्शन गर्‍यो । एपिएफले तेस्रो सेट २५–२२ र चौथो सेट २५–२३ ले जित्दै सेमिफाइनललाई २–२ को बराबरीमा पुर्‍याएको थियो ।

 

 

पाँचौँ तथा निर्णायक सेट १५–१० ले कब्जा गर्दै एपिएफले अन्तिम दुई स्थान सुनिश्चित गर्‍यो । पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको दोस्रो सेमिफाइनलमा प्रहरीले गण्डकीलाई २५–२२, २५–२० र २५–२१ ले हराउँदै एपिएफसँगको उपाधि भिडन्त पक्का गर्‍यो ।

 

 

फाइनल शनिबार हुनेछ । विजेताले चार लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा चौथो हुने टोलीले ५० हजार रुपैयाँ पाउनेछ । विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही १० हजार रुपैयाँ हात पार्नेछन् ।

 

Share: