
काठमान्डौ/नेपाल सरकारले देशभर शुक्रबारबाट व्यक्तिगत घटना दर्ता गर्ने कार्यलाई सप्ताहको रुपमा सुरु गरेको छ । आज २०८० साल वैशाख १ गतेदेखि एक साता व्यक्तिगत घटना दर्ता सप्ताह चलाएको हो ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिकमा जागरुक गराउन सप्ताह व्यापी अभियान सुरु गरेको हो ।
शुक्रवार देखि ७ वैशाख सम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइ जस्ता व्यक्तिगत घटना, घटना भएको ३५ दिनभित्र दर्ता गराउन विभागले सम्पुर्ण नागरिकलाई आग्रह पनि गरेको छ ।