सदन सकिए पछि पनि हाजिरी गर्ने व्यवस्था गर्न माग : हरि ढकाल

169
0
Share:

काठमान्डौ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले प्रतिनिधिसभा बैठकमा बिहान मात्र होइन बेलुका सदन सकिएपछि पनि हाजिरी गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

 

आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले संसद्‌मा हाटाको संख्या बढ्दै गएको बताए ।उनले भने,“गत २९ गतेको बैठकमा हाजिर गर्ने १६२ मान्य हुनुहुन्थ्यो ।

 

बेलुका जम्मा ६१ जनामात्र । यसलाई बोलिचालीको भाषामा हाटा भन्दो रहेछ । ,एक पटक होइन दुई पटक गणपूरक संख्या नपुगेर बैठक स्थगन भएको छ । यसले समाजलाई कस्तो सन्देश दिन्छ ।”

 

Share: