सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल सहित ९ जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर

काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा झण्डै ७० करोड रूपैयाँ घोटाला गरेको आरोपमा दशजनविरूद्ध मुद्दा दायर गरेको छ । आयोगले ६९ करोड घोटाला भएको आरोपमा मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौजनाविरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।   कार्यकारी सहित यो काममा संलग्न हुनेमा प्रबन्ध निर्देशकदेखि शाखा अधिकृत र लेखा अधिकृतबाट सेवानिवृत्त भइसकेकासमेत छन् ।आरोपपत्रमा जनाइएअनुसार उनीहरूले अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गरेको पाइएको छ । त्यस्तै, खरिद सम्झौता विपरीत नै गुणस्तरहीन ‘इलेक्ट्रिक ट्रान्सफर्मर’ स्वीकार गर्ने काम भएको छ भने सम्झौतामा उल्लेख भएभन्दा फरक ‘कन्ट्री अफ ओरिजिन’ भएको जेनेरेटर स्वीकार गरी भुक्तानी भएको आयोगको अनुसन्धानमा … Continue reading सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल सहित ९ जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर