
काठमान्डौ/संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बैठक बस्न लागेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा शोक प्रश्ताव पारित गर्ने र राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसअघि गत बिहीबारका लागि बोलाइएको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो । स्थगित बैठक आज बस्न लागेको हो ।