
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन् ।प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन्।
भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका ओलीलाई भेट्न उनीहरु बालकोटस्थित ओली निवास गएका हुन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सभामुख देवराज घिमिरे यसअघि नै बालकोट पुगिसकेका छन् ।ओली निवासमा नेताहरुले संसदमा टीआरसी र संसदीय समितिमा सहमति खोज्ने गरी छलफल गर्ने छन् ।
छलफलका लागि तीन प्रमुख दलका सचेतकहरुपनि बालकोटमा छन् ।यो भेटमा संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा समेत छलफल हुने छ ।
एमाले अध्यक्ष ओलीको स्वास्थ्य समस्याका कारण संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे शीर्ष तहमा तीन दिन यता छलफल हुन नसकेकाले आज बालकोटमै गएर स्वास्थ्य लाभको कामना गर्ने र संसदमा ती विधेयक अघि बढाउनेबारे त्यहीँ छलफल गर्ने कुरा छ ।