थ्री स्टार क्लबसँग बराबरी खेल्दै अंक बाँडे

116
0
Share:

काठमान्डौ/स्टार खेलाडीले भरिएको चर्च व्वाईज क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा सोमवार थ्री स्टार क्लबसँग बराबरी खेल्दै अंक बाँडेको छ ।च्यासल मैदानमा सम्पन्न खेलमा चर्च ब्वाइज र थ्री स्टारले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।यससँगै चर्च ब्वाईजले शीर्ष स्थानको जावलाखेल युथ क्लवसँग अंक बराबरी गर्ने मौका गुमाएको छ ।

 

प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले निर्धारित ९० मिनेटको खेलमा राम्रा अवसर पाएका थिए । तर दुवै टोलीका स्ट्राइकरले अवसरलाई सदुपयोग गर्न सकेनन् । सुरुवात बलमा पकड र आक्रामक खेल पस्किएपनि चर्च ब्वाइज गोल निकाल्न असफल भएको थियो ।खेलको चौथो मिनेटमा गगनदीप सिंहको लामो प्रहार थ्री स्टारका गोलकिपर मोहमद ताहाले पन्च गर्दै बाहिर पठाएपछि चर्च ब्वाइजको पहिलो अवसर खेर गएको थियो ।

 

खेलको ३६ औं मिनेटमा चर्च ब्वाइजका आशिष चापागाईंले गोलको अवसर गुमाए । थ्री स्टारका पिटर सेगुनबाट बल खोसेर वान भर्सेस वानमा प्रहार गरेको बल पोस्टको नजिकैबाट बाहिरिएको थियो ।खेलको ७६ औं मिनेटमा चर्च ब्वाइजका मिलन राईको सशक्त प्रहार थ्री स्टारका गोलकिपर मोहमद ताहाले बचाए । यस बराबरीसँगै थ्री स्टारले ९ खेलमा १५ अंक जोडेको छ । चर्च ब्वाइजको पनि १५ अंक नै छ ।

 

Share: