
काठमान्डौ/नेकपा एकीकृत समाजवादीले सङ्गठन सुदृढीकरण विशेष अभियान दुई महिना थप गर्ने निर्णय गरेको छ ।पार्टी कार्यालय तीनकुनेमा मंगलबार बसेको सचिवालय बैठकले सङ्गठन सुदृढीकरण विशेष अभियानको म्याद आगामी जेठ मसान्तसम्म रहने गरी २ महिनालाई थप गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका हुन् ।
सचिवालयको निर्णय अनुसार पार्टी सङ्गठनले त्यसै अनुसार कार्ययोजना निर्माण गरी अघि बढ्ने उनले बताए ।बैठकमा वैशाख ९ र १० गते मनाउने नेपाल कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवसको तयारीका विषयमा छलफल भएको थियो ।