मिटर ब्याज पीडितहरुलाई न्याय दिन सरकार प्रतिवद्ध छौं : गृहमन्त्री श्रेष्ठ

143
0
Share:

काठमान्डौ/उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटर ब्याज पीडितहरुलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् सोमबार शान्ति बाटिकामा मिटर ब्याज पीडित र प्रहरीबीच झडप भएको प्रसंगलाई लिएर आज मंगलबार गृह मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।उनले मिटर ब्याज पीडितहरुमाथि भएको बल प्रयोगबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको जानकारी गराएका छन् ।

 

उनका अनुसार काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको हो ।जागरण अभियानका रुपमा कसैले मिटरव्याजीलाई अगाडि बढाए पनि अन्यथा नसोच्ने मन्त्री श्रेष्ठको भनाइ थियो । तर, मिटरव्याज पिडितका नाममा न्याय दिने अभियानलाई कमजोर पार्ने काम कसैले गर्नु नहुनेमा उनले जोड दिए ।

 

‘आयोगले काम थालिसक्यो । सिडीओको नेतृत्वमा कमिटी बनिसक्यो । पिडितहरुलाई हामी न्याय दिन प्रतिवद्ध छौं । होलिस्टिक एप्रोचबाट समाधानका प्रक्रिया अगाडि बढाएको छ । जनजागरण अभियानबाट बल पुर्याउनेलाई पनि धन्यवाद । तर, जनजागरणका नाममा पिडितहरुलाई नै दुख दिने काम नगरौं,’ उनले भने ,

 

मन्त्री श्रेष्ठले हिजोको घटनाबारे आफूले सत्यतथ्य बुझेको उल्लेख गरे । घटनाबारे वर्णन गर्दै उनले भने, ‘उहाँहरु शान्तिबाटिकामा जहाँ बस्नुभएको छ, त्यहाँ प्रहरीहरु पहिले पनि जाने र निगरानजी गर्ने गर्थे । उनीहरुलाई सुरक्षा दिन पनि पर्यो । तर सँधैझैं हिजो त्यहाँ जाँदा अर्कै खालको परिस्थिति देखियो । त्यहाँभित्रबाट प्रहरीलाई तपाईंहरु बाहिर जानुस भनिएछ । टाउकोमा राता पट्टि लगाएका छन् । बाँसका भाटा र ईंटा जम्मा गरिएको छ । ‘निर्णायक दिन’ भनिएको छ । त्यसैले प्रहरी अलि सचेत भए ।

 

अलि बढी दवावको मनोविज्ञानमा आए । बाहिरबाट पनि केही मान्छे भित्र जान थाले । भित्र लाठी–ढुंगा थुपारेका छन् भनेपछि केही घटना गराउँछन् कि भन्ने भयो । खबरदार बाहिर जाउ भनेपछि प्रहरीले बाहिरबाट ढोका लगाएछन् । त्यति भइसकेपछ ढुंगा प्रहार हुन थाल्यो । मैले कमाण्डका डिएसपीलाई पनि भेटेँ ।

 

उहाँको नाक भाँचिएको छ, ओठ फुटेर सात टाँका लगाएको छ । हेरिसाध्ये छैन । सहायक हवल्दारको हात फ्याक्चर छ । आठ प्रहरी घाइते भएका छन् । कमाण्डरलाई आक्रमण भइसकेपछि प्रहरी उत्तेजित भएको देखिन्छ । तर, प्रहरी प्रशासन सँधै संयमित र जिम्मेवार हुनुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो ।

 

Share: