ओमान माथि नेपालको ८४ रनको जित

124
0
Share:

काठमान्डौ/एसीसी प्रिमियर कपमा नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ ।नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रन मात्र बनाउन सक्यो ।

 

४६.३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन् र नेपाल विजयी भयो ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मदतमा कीर्तिमानी ३१० रन बनाएको थियो ।

Share: