ऋण लिएर वडामा खानेपानी पु¥याउने योजना साकार बन्दै

Share:

काठमान्डौ/जिल्लाको व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ऋण लिएर वडावासीमा खानेपानी पु¥याउने योजना साकार हुन लागेको छ ।पाल सरकारको ७० प्रतिशत ऋण र संस्थाको ३० प्रतिशत सहलगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण कार्य अघि बढाइएको थियो ।आयोजनाको समग्रमा हालसम्म ४५ प्रतिशत कार्य सम्पन्न भइसकेको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिनुभयो । कूल रु २६ करोडको लागतमा निर्माण सम्पन्न हुने उक्त आयोजनाको ठेक्का पराजुली कन्स्ट्रक्सनले पाएको थियो।

 

उक्त संस्थाले सानाठूला गरी चारवटा खानेपानी योजनाबाट वडावासीलाई पानी वितरण गर्दै आए पनि प्रशस्त मात्रामा खानेपानी आपूर्ति गर्न नसकेपछि मादीनदी लिफ्ट सहलगानीमा आयोजना सुरु गरेको हो ।भादगाउँ सहलगानी खानेपानी आयोजनाअन्तर्गत ५२ किमीमध्ये करिब ४२ किमी दूरीमा शाखा लाइनका खानेपानी पाइप बिच्छ्याइसकिएको छ ।

 

त्यसैगरी मुख्य पाइपलाइनको दुई दशमलव एक किमी दूरीमा पाइप पुर्ने कार्य सम्पन्न भइसकेको छ । त्यसैगरी, मादीनदी किनारमा सम्पवेलको निर्माण अन्तिम चरणमा पुगेको छ भने अर्को सम्पवेल खन्न सुरु गरिएको छ ।त्यसैगरी सेडिमेन्टेसन ट्याङ्कीको ९० र स्लो ट्याङ्कीको ४० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । विसं २०८० भदौभित्र सम्पन्न गर्ने गरी उक्त आयोजनाको सम्झौतापश्चात् निर्माण कार्य तीव्र रुपमा अघि बढाइएको हो ।

 

व्यास नगरपालिका–४ को चुरेखोल्सीस्थित मादीनदी किनारबाट लिफ्ट गरी करिब पाँच किलोमिटर दूरीमा रहेको रिजर्भ ट्याङ्कीमा पानी सङ्कलनपश्चात् वडावासीलाई पानी वितरण गरिने छ ।मुख्य खानेपानी ट्याङ्की रहने अमिली भञ्ज्याङबाट शाखा ट्याङ्की रहने भदु्रसम्म मुख्य खानेपानीको पाइप पनि बिच्छ्याउन थालिएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले बताउनुभयो ।

 

उक्त पम्प हाउसमा दुईवटा मोटरबाट प्रतिसेकेन्ड २६ लिटर पानी तान्न सकिन्छ । वर्षायाम सुरु हुनुअगावै मादीनदी किनारमा सम्पवेल भवन निर्माण गर्ने लक्ष्य राखिएको छ ।विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना गरी ५२ वटा सार्वजनिक धाराबाट पानी दिन थालेको संस्थाले हालसम्म दुई हजार छ सय बढी निजी धारा जडान गरी पानी उपलब्ध गराउँदै आएको छ ।

 

Share: