बारा २ मा उपेन्द्र यादवले अग्रता कायमै ,कस्ले कति पाए मत ?

Share:

काठमान्डौ/आइतबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्।

 

मंगलबार राति ८ बजेको मतपरिणाम अनुसार यादवले २२ हजार ९६ मत पाएका छन्।त्यस्तै उनलाई पछ्याइरहेका सिके राउत नेतृत्वको जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १९ हजार २७९ मत पाएका छन्।

 

यादव कुशवाहाभन्दा २ हजार ८१७ मतले अगाडि छन्।त्यस्तै एमालेका पुरूषोत्तम पौडेलले ६ हजार ३५४ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ६०० मत पाएका छन्।

 

आम जनता पार्टीका अरूण ज्ञवालीले २ हजार ३०८ मत पाएका छन्।बारा-२ मा ६८ हजार ८८७ मत खसेको थियो।

 

Share: