
काठमान्डौ/रुपन्देही प्रहरीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको करिब रु १३ लाख बराबरको खाद्यान्न र रासायनिक मल नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेथरी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आज अपराह्न जिल्लास्थित मायादेवी गाउँपालिका वडा नं ७ गरकट्टीबाट भन्सार छली ल्याउँदै गरेको ४० क्विन्टल गहँु र ३० क्विन्टल युरिया मल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
भारतबाट नेपालतर्फ भन्छार छली ट्र्याक्टरमा ल्याउँदै गरेको अवस्थामा ट्रयाक्टरसहित करिब रु १२ लाख ८० हजार बराबरको खाद्यान्न तथा युरिया नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।—