
काठमान्डौ/ वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा दुई सदस्यले थपथ लिएका छन् ।संघीय संसद् सचिवालय सिंहदरबारमा चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित डा. स्वर्णिम वाग्लेलाई सभामुख देवराज घिमिरेल पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
सभामुख घिमिरेले शपथग्रहण गराउनुका साथै सांसदको लोगो वितरण गरेका छन् । बारा २ बाट निर्वाचित सांसद उपेन्द्र यादवको भने कार्यव्यस्ताको कारणले आज शपथ नभएको जनाइएको छ।
वैशाख १० मा भएको उपनिर्वाचनबाट लामिछाने र वाग्ले प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछाने गत मंसिर ४ को चुनावबाट पनि प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएपछि चितवन २ मा उपनिर्वाचन भएको थियो। लामिछाने सोही क्षेत्रबाट फेरि निर्वाचित भएका हुन्।



