फरार सांसद लक्ष्मी महतो कोइरी बारे संसदलाई कुनै जानकारी छैन : सभामुख

128
0
Share:

काठमान्डौ/सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीबारे संसदलाई कुनै जानकारी नभएको बताएका छन् ।शुक्रबार प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले कोइरीलाई किन निलम्बित नगरिएको भन्ने प्रश्न उठाएपछि उनले त्यस्तो बताएका हुन् ।

 

उनले भने, ‘लक्ष्मी महतो कोइरीका सम्बन्धमा प्रतिनिधि सभा नियमावली २०७९ सभाबाट पारित भइसकेपछि नियम २४८ का सम्बन्धमा सभामुखलाई कुनै जानकारी प्राप्त नभएको व्यहोरा म जानकारी गराउन चाहन्छु ।’

 

Share: