कपन हत्या प्रकरण : झापाबाट पक्राउ परेका विनोदलाई काठमाडौं ल्याइँदै

Share:

काठमान्डौ/निरा आचार्यको हत्यामा संलग्न रहेको आरोपमा शनिबार पक्राउ परेका विनोद बिकलाई आज काठमाडौं ल्याइँदै छ । हिजाे दिउँसाे झापाबाट पक्राउ परेका विनोदलाई सोधपुछका लागि आज काठमाडौं ल्याउन लागिएको हो ।

 

काठमाडौंको एक रेटुरेन्टमा बाउन्सर भएर समेत काम गरेका उनलाई प्रहरीले धुलाबारीबाट पक्राउ गरेको थियो । बिकलाई काठमाडौं ल्याउन उच्चस्तरीय छानबिन समितिका दुई जना डिएसपीसहितको टोली झापा पुगेको थियो । हत्या अनुसन्धान गर्न एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरिएको थियो ।

 

कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको यही वैशाख ७ गते पसलमै हत्या भएको थियो । प्रहरीले निराको हत्यामा झापा धुलाबारीका विनोद बिक संलग्न भएको भने पनि उनको संलग्नता कस्तो खालको हो भनेर स्पष्ट पारेको छैन ।

Share: