विश्व बैंकले स्वास्थ्य गुणस्तर सुदृढीकरणका लागि १२ अर्ब ९१ करोड ६३ लाख नेपाली रूपैयाँ ऋण सहायता दिने

135
0
Share:

काठमान्डौ/ विश्व बैंकले नेपालको स्वास्थ्य गुणस्तर सुदृढीकरणका लागि १० करोड अमेरिकी डलर (१२ अर्ब ९१ करोड ६३ लाख नेपाली रूपैयाँ) ऋण सहायता दिने भएको छ ।विश्व बैंक कार्यकारी सञ्चालक समितिको शुक्रबारको बैठकले गुणस्तरीय स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालनका लागि यो रकम स्वीकृत गरेको हो ।

 

‘स्वास्थ्यमा प्राथमिकता दिएर लगानी गरेमा नेपालले सुधारिएको स्वास्थ्य परिणाम, उत्पादकत्व वृद्धि र आर्थिक वृद्धिलगायतको फाइदा लिनसक्छ,’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले भने ।

 

नेपालको स्वास्थ्य क्षेत्र रणनीतिक योजना, २०२२ को रणनीतिक उद्देश्यहरू हासिल गर्न सघाउन संघीय स्तरमा स्वास्थ्य बीमा बोर्ड, कोशी र गण्डकी प्रदेशका प्रदेश र स्थानीय सरकारको समन्वयमा स्वास्थ्य मन्त्रालयले यो बजेट खर्च गर्नेछ ।

 

Share: