
काठमान्डौ/गत बिहीबार भारतको मध्यप्रदेशमा इन्दोरकी ३४ वर्षीया एक महिलाले आत्महत्या गरेकी छन् । आफूलाई श्रीमान्ले ब्युटिपार्लर जाने अनुमति नदिएपछि उनले आत्महत्या गरेकी प्रहरीले जनाएको छ । पन्ध्र वर्षअघि बलराम यादवसँग विवाह बन्धनमा बाँधिएकी रीनालाई बलरामले ब्युटिपार्लर नजानू भनेका थिए ।
रीनाले ब्युटिपार्लर जान अनुमति माग्दा बलरामले त्यसलाई अस्वीकार गरेका अनुसन्धान अधिकृत उमाशङ्कर यादवले बताएका छन् । बिहीबार साँझ कामबाट घरफर्केका बलरामले रीनालाई कोठामा झुन्डिएको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।