पुन संग सरकारले सुरु गर्यो वार्ता , रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनबीच रक्षामन्त्रालयमा वार्ता हुदै

Share:

काठमान्डौ/विभिन्न ४ बुँदे माग राखेर सडक आन्दोलन थालेका महावीर पुनसँग सरकारले वार्ता थालेको छ ।अहिले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनबीच रक्षामन्त्रालयमा वार्ता भइरहेको छ ।वार्तामा मुख्यसचिव शंकरदास बैरागी पनि सहभागी छन् ।

 

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्तसरकार गम्भीर नभएको भन्दै विभिन्न मागसहित शुक्रबार बिहानबाट माइतीघर मण्डलाबाट सडक आन्दोलनमा छन् ।महावीरको आन्दोलनमा विभिन्न राजनीतिक दलका नेता, नागरिक अगुवा, सर्वसाधारणले ऐक्यवद्धता जनाएका छन् ।

 

Share: