
काठमान्डौ/चन्द्रागिरि नगरपालिकाका स्थानीयहरु रित्तो गाग्रीसहित प्रदर्शनमा उत्रिएका छन्। नगरपालिकाको कार्यालय रहेको १२ नम्बर वडा बलम्बुमा पानीको हाहाकार भएपछि स्थानीयहरु रित्तो गाग्रीसहित आज प्रर्दशनमा उत्रिएका हुन् । उनीहरुले कार्यलय परिसरदेखि मेयरको कार्यकक्षसम्म रित्ता गाग्रीको लाइन राखेर खानेपानीको व्यवस्थापन गर्न माग गरेका छन् ।
नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खड्गीले वडामा खनिएका २ वटा बोरिङबाट पानी नआएपछि समस्या बढेको बताए । हामीले अर्को बोरिङ खन्न र पानी वितरण गर्न प्रक्रिया अघि बढाइसकेका छौं,’ उनले भने, ‘स्थानीयहरुसँग हामीले गरेका प्रयासबारे छलफल गरेका छौं ।’