
काठमान्डौ/भरतपुर महानगरपालिका-१० रेडक्रस चोक बस्ने रामबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ८ सय ३० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।