कपन हत्या प्रकरण : हत्या आरोपी विनोद सार्वजनिक, लुट्ने उद्देश्यले निराको हत्या

Share:

काठमान्डौं/प्रहरीले चाबहिल सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका निरा पाण्डे आचार्यको हत्या आरोपी विनाद बिकलाई सार्वजनिक गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले आइतबार पत्रकार सम्मेलन गरी हत्या आरोपी बिकलाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निराले लगाएको सुन लुट्ने उद्देश्यले निराको हत्या भएको देखिएको बताए ।

 

हत्यामा संलग्नको आरोपमा प्रहरीले झापाबाट विनोद बिकलाई शनिबार पक्राउ गरेको थियो । उनलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । ७ वैशाखमा निराको हत्यापछि उनले निराले लगाएको सिक्री लुट्नुका साथै काउन्टरमा भएको ११९१२ हजार रुपैयाँ लुटपाट गरेको आचार्यले जानकारी दिए । बिकले उक्त सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ । निराको हत्याअघि बिकले उक्त पसल हेरेर फर्किएको र दोस्रो पटक गई हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।

 

यसबारे थप अनुसन्धानबाट खुल्ने बताउँदै एसएसपी आचार्यले भने,’हिले हाम्रो प्रारम्भिक अनुसन्धानमा सिक्री लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिन्छ ।’ निराको परिवारसँग यसअघि बिकको सम्पर्क भएको नपाइएको पनि प्रहरीले बताएको छ । ‘मृतक र मृतकका परिवारसँग यसअघि उसको सम्पर्क भएको देखिएन’ एसएसपी आचार्यले भने ।बिकले आर्थिक समस्याका कारण लुटपाट गरेको पाइएको पनि एसएसपी आचार्यले बताए ।

 

यो समाचार पढ्नु भयो :

कपन हत्या प्रकरण : झापाबाट पक्राउ परेका विनोदलाई काठमाडौं ल्याइँदै

Share: