प्रधानन्यायाधीश नियुक्तिको माग गर्दैबार एसोसिएसनको आन्दोलन सुरु

Share:

काठमान्डौ/सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलन सुरु गरेको छ ।प्रधानन्यायाधीश नियुक्ति लगाएतका मागहरु पुरा गर्न सरकारलाई दिएको अल्टिमेटम सकिएपछि बारले आइतबारदेखि अर्को चरणको आन्दोलन सुरु गरेको हो ।

 

आफूहरुका मागका विषयमा प्रधानमन्त्री लगाएत सरोकारवाला सवैलाई जानकारी गराएपनि पुरा नभएका कारण पुन आन्दोलन सुरु गर्नुपरेको बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए ।घिमिरेले न्यायपालिका नेतृत्वबिहीन भएको एक बर्षसम्म पनि प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि नवढेको भन्दै एक सातासम्म बार परिसरमा प्रदर्शन गर्ने जाकारी दिए । सांकेतिक रुपमा सुरु गरेको प्रदर्शन देशभरका न्यायलयमा हुने र प्रदर्शनका कारण सेवा प्रवाहलाई कुनै असर नपार्ने उनले बताए ।

 

सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्ति समयमा हुन नसक्दा समग्र न्यायपालिका नेतृत्वविहीन भएको र न्यायपालिका प्रतिको जनआस्था खस्किँदो अवस्थामा पुगेको बारले जनाएको छ ।न्यायपालिकाको विकृति, विसंगतिको अन्त्य, पूर्ण स्वचालित पेसी व्यवस्थापन प्रणालीद्वारा तोक्ने प्रक्रियाको थालनी गर्न र प्रधान न्यायाधीशको नियुक्ति अविलम्ब गर्न ध्यानाकर्षण गराउँदा पनि सुनुवाई हुन नसकेको बारको भनाइ छ ।

 

 

Share: