
काठमान्डौ/प्रहरीले अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-४ घर भई हाल काठमाडौं महानगर १ लाजिम्पाटमा बस्ने २७ वर्षीय सञ्जय रेग्मी रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई काठमाडौंको दरवारमार्गबाट पक्राउ गरेको हो ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशि रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।उनले पीडितसँग ३० लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।