दुबई पठाइदिने भन्‍दै पीडित सँग ३५ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

Share:

काठमान्डौ/प्रहरीले दुबई पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको ‍छ ।पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्‍ने २७ वर्षीय सञ्‍जय रेग्मी रहेका छन् ।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशि रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।उनले रोजगारीका लागि दुबई पठाइदिने भन्‍दै पीडितसँग ३५ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

Share: