
काठमान्डौ/१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-१ बस्ने २४ वर्षीय सरोज चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।गेरूवा गाउँपालिका-३ वालुवाटारस्थित निर्माणाधीन घरमा ती किशोरीलाई सरोजले गएराति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।