
काठमान्डौ/नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा २०० सयले घटेर १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएकोमा आज सोही मूल्यमा कारोबार भइरहेको छ ।