
काठमान्डौं/एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण रोकिएको छ। त्रिवि मैदानमा क्रिकेटप्रेमीहरु छाता ओडेर खेल हेर्न पर्खिरहेका छन् ।
आज खेल नभए भोलि ९ विकेट बाट नै खेल सुरु हुने
आजको खेलमा युएईले टस हारेर पहिला ब्याटिंग गरिरहेको छ । अहिलेसम्ममा युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन जोडेको छ ।बर्षाले आजको खेल रोकिएमा भोली खेलले निरन्तरता पाउने छ । फाइनल खेलका लागि एक दिनको रिजर्भ डे राखिएको छ । भोलि पनि खेल हुन नसकेमा एकदिवसीय वरियतामा अगाडी रहेका कारण नेपाल एशिया कपमा छनौट हुनेछ ।