रास्वपाको संसदीय दलको नेतामा सभापति रवि लामिछाने पुन:चयन

172
0
Share:

काठमान्डौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् ।आज (सोमबार) बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले संसदीय दलको नेतामा सभापति लामिछानेलाई चयन गरेको हो ।

 

उपनिर्वाचनबाट पुनः निर्वाचित भएर आएपछि पहिलोपटक केन्द्रीय समिति र संसदीय दलको बैठक बसेको थियो । सोही बैठकबाट लामिछानेलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरिएको हो ।लामिछाने पदमुक्त भए पछि पार्टीले उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेता चयन गरेको थियो ।

 

उपनिर्वाचनबाट लामिछाने जितेर आएपछि अर्यालले अस्ति (शनिबार) राजीनामा दिएका थिए ।चितवन २ बाट लामिछाने र तनहुँ १ मा स्वर्णिम वाग्ले निर्वाचित भएसँगै रास्वपाको सांसदको संख्या २१ पुगेको छ ।

Share: