ह्वात्तै बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ हेर्नुहोस्

Share:

 

काठमान्डौ/स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

 

तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

 

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Share: