
काठमान्डौ/नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम प्रालिको अनुमतिपत्र खारेज भएको सूचना प्रकाशित गर्दै सम्पूर्ण सम्पत्ति प्राधिकरणलाई हस्तान्तरण गर्न निर्देशन दिएको छ ।बुधबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले आधारभूत टेलिफोन सेवाको अनुमति प्राप्त गरेको स्मार्ट टेलिकमले नवीकरणका लागि दस्तुर दाखिला नगरेकाले अनुमति पत्र स्वतः खारेज भएको जनाएको छ ।
स्मार्ट टेलिकमले वैशाख ३ गतेसम्ममा आवेदन दिनुपर्ने थियो ।तर,उक्त मितिमा नवीकरणका लागि आवेदन नदिएपछि टेलिकमको लाइसेन्स स्वतः खारेज भएको हो । उक्त कम्पनीले नवीकरण दस्तुरका रुपमा २० अर्ब १३ करोडभन्दा धेरै तिर्नुपर्नेमा ७५ करोड मात्रै तिरेको थियो ।यसअघि प्राधिकरणले स्मार्ट टेलिकमकको लाइसेन्स स्वतः खारेज भएतापनि १५ दिनसम्म सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो ।
बुधबार भने प्राधिकरणले सूचना प्रकाशित गर्दै स्मार्टको लाइसेन्स खारेज भएको जनाउँदै सम्पूर्ण सम्पत्ति प्राधिकरणलाई हस्तान्तरण गर्न सूचित गराएको छ ।‘अनुमति पत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ९ को उपनियम ९१० बमोजिम दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल चालु अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्नु हुन समेत सूचित गरिएको छ ’सूचनामा भनिएको छ ।
सुचना सहित :