ललितपुर महानगरका शिक्षा अधिकृत पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर

Share:

काठमान्डौ/अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका शिक्षा शाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग १ लाख घुस मागेको पुष्टि भएपछि अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 

महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले २०७९ फागुन १८ गते १ लाख घुस रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको थियो ।

 

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र सोही दफा ३ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिम कैद सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

Share: