काग्रेसबाट तीन मन्त्री नियुक्त (पत्र सहित) , मन्त्रिपरिषद्ले पूर्णता भने अझै पाउन सकेन

Share:

काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम कानुनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका हुन् ।

 

मन्त्री बनेका तीनै जना कांग्रेसबाट मन्त्री बनेका हुन् । यसअघि कांग्रेस भित्र भागबण्डा नमिल्दा उसले भाग पाएको मन्त्रालयले पूर्णता पाउन सकेको थिएन । यस सँगै कांग्रेसले भागमा पाएको आठ वटै मन्त्रालयले पूणता पाएको छ । तर, प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता भने अझै पाउन सकेको छैन ।

 

प्रधानमन्त्रीले आठ पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन्। नवौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि प्रधानमन्त्रीले सरकारलाई पूर्णता दिन सकेनन् ।कांग्रेसबाट आज मन्त्री बनेका गुरुङ र लिम्बू शेखर-गगन समूहका हुन् भने बस्नेत सभापति शेरबहादुर देउवा निकटका हुन् । कांग्रेसले पाएको ८ मन्त्रालयमा यसअघि नै देउवाले आफू निकटका ५ जनालाई मन्त्री बनाइसकेका छन् ।

 

रास्ट्रपति कार्यालयले जारि गरेको पत्र हेर्नुहोस :

 

 

Share: