
काठमान्डौ/सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार दुई खेलहरू हुँदैछन् । लिगको दोस्रो लिगको पहिलो राउण्ड अन्तर्गत बिहीबार दुई खेलहरू हुनेछन् । जसमा एक खेल दशरथ रङ्गशाला र एक खेल एन्फा मैदानमा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा मछिन्द्र फुटबल क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र संकटाबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । मछिन्द्र आज पाँचौं जित निकाल्ने योजनामा हुनेछ । मछिन्द्र १३ खेलमा १८ अङ्क जोडेर आठौं स्थानमा रहेको छ ।सङ्कटा पनि पाँचौं जितको खोजीमा हुनेछ । सङ्कटा १३ खेलमा १६ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ ।
एन्फा कम्प्लेक्समा एपीएफ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र एनआरटीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।एपीएफ आज छैटौं जितको योजनामा हुनेछ । एपीएफ १३ खेलमा १८ अङ्क जोडेर सातौं स्थानमा रहेको छ । एनआरटी पाँचौं जितको खोजीमा हुनेछ । एनआरटी १३ खेलमा १६ अङ्क जोडेर ११ औं स्थानमा रहेको छ ।