नक्कली भुटानी शरणार्थी प्रकरणमा : यो घटना नभएर प्रवृत्ति हो : थापा

113
0
Share:

काठमान्डौ/नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको गहिरोसँग अनुसन्धान हुनु पर्ने बताएका छन् ।अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको बताउँदै थापाले यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय रहेको उल्लेख गरेका छन् । यो घटना नभएर प्रवृत्ति रहेको थापा बताउँछन् ।

घटनाबारे गहिरोसँग अनुसन्धान हुनु् पर्ने र को पनि छुट्न नहुने उनको धारणा छ ।‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भीआईपी जालो’उजागर हुँदै गएको छ । यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ’थापाले ट्वीटमा लेखेका छन्,।

‘यो घटना होइन प्रवृत्ति हो । अझै गहिरोसँग अनुसन्धान होस् । कोही नछुटुन् । संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानुनभन्दा माथि कोही हुँदैन ।’

Share: