
काठमान्डौ/भक्तपुर सूर्यविनायक नगरपालिकामा एक युवती झुण्डिएको अवस्थामा मृत भेटिएकी छन् । सूर्यविनायक-७ गुण्डुकी २४ वर्षीया सुस्मिता खड्का आफ्नै घरको भर्याङमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । सुस्मिताको यही वैशाख २८ गते विवाह तय भएको थियो ।उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
उनको दक्षिणकाली नगरपालिका-८ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-९ बस्ने २८ वर्षीय मनोज अधिकारीसँग विवाह तय भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा ‘आफैँ झुण्डिएकाले पीर नगर्नू’ भन्ने सुसाइड नोटसमेत भेटिएको भक्तपुर प्रहरी प्रमुख एसपी प्रजित केसीले बताए । अहिले घटनास्थलको मुचुल्का तयार पारी, जाहेरीलगायतको काम पूरा गरि पोष्टमार्टमका लागि पठाइएको एसपी केसीले जानकारी दिए ।