
काठमान्डौ/नक्कली नेपाली रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । पर्साको वीरगन्ज महानगरपालिका-१६, चालिसफिटेस्थित सडकबाट एक हजार दरका ४५० र ५०० रुपैयाँ दरका ७२ थान नक्कली नोटसहित उनीहरू पक्राउ परेका हुन् ।
कुल चार लाख ८६ हजार नक्कली रुपैयाँसहित बुधबार (हिजो) दिउँसो उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा सर्लाहीको गोडैता नगरपालिका–१२, मधुवनीका ३४ वर्षीय आनन्दबर्दन सिंह र बाराको परवानीपुर गाउँपालिका–३ का ३६ वर्षीय ओमप्रकाश साह छन् ।
प्रहरी टोलीले बीआर ०१ पीजी ६५७७ नम्बरको भारतीय गाडीको जाँच गर्ने क्रममा उक्त नक्कली नोटसहित फेला पारी चालक सिंह र त्यसमा सवार साहलाई पक्राउ गरेको जनाइएको छ ।