
काठमान्डौ/नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पुराना राजनीतिक शक्तिहरुले व्यवस्था फेरे पनि जनताको जीवनस्तरमा परिवर्नत ल्याउन नसकेको बताउनुभएको छ ।
डा .भट्टराईले आज हेटौँडामा पत्रकारहरुसँग कुराकानी गर्दै वर्तमान अवस्थामा राज्य व्यवस्थाप्रति जनताको असन्तुष्टि जायज रहेको बताउँदै अब अग्रगामी समाधान गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन नगरेसम्म मुलुकले काँचुली फेर्न नसक्ने उल्लेख गर्नुभयो ।
पूर्व प्रधानमन्त्री भट्टराईले आफ्नो पार्टी वैकल्पिक शक्ति बनाउने प्रयासमा रहेको र समाजवादी विचारधाराबाट अघि बढ्न कोही तयार हुन्छ भने आफूहरु एकता गरेर अघि बढ्ने बताउनुभयो । उहाँले माओवादी केन्द्रसँग निर्वाचन तालमेल मात्रै भएको बताउँदै पार्टी एकताको विषय टुङ्गोमा पुगिनसकेको स्पष्ट पार्नुभयो । डा.भट्टराईले पत्रकार सम्मेलनअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसँग प्रदेशको अवस्थाबारेमा जानकारी लिनुभएको थियो ।
काठमाडौँको उत्तर पूर्वी क्षेत्रलाई उपत्यकाको दक्षिणी क्षेत्रसम्म पुर्याउने सो करिडोर सडक सुरु बिन्दुमा पर्ने गोकर्णबाट सुन्दरीजलसम्म खुल्न बाँकी रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । यो खण्डको लम्बाइ झण्डै आठ किमी छ । नदीको क्षेत्र २० मिटर रहेकामा अहिले २०/२० मिटर क्षेत्रमा जग्गा व्यक्तिका नाममा रहेकाले जग्गा किनबेच भइरहेको समितिका सूचना अधिकारी इञ्जिनियर कमल अर्यालले बताउनुभयो ।
त्यस ठाउँमा जग्गा प्राप्त गर्न काठमाडौँ उपत्यका नयाँ सहर आयोजनाले एक लाख रोपनीमा नयाँ सहर बनाउन लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यहाँभित्रबाट जग्गा निकालेर सडक बनाउने योजना छ ।’ गोकर्णबाट गुहेश्वरीसम्म दुवैतर्फको सडक खुलिसकेको छ । गुहेश्वरी मन्दिरबाट तिलगङ्गासम्म पशुपति क्षेत्र रहेको छ । तिलगङ्गाबाट जाँदा गाडि चले पनि सडक कच्ची रहेको इञ्जिनियर अर्यालले बताउनुभयो ।
सडक निर्माणमा समस्या नभएको ठाउँमा खुलिसकेको भए पनि अरु निकायले काम गर्छु भनेका ठाउँमा काम हुन नसकेको जनाइएको छ । गोठाटार पुलबाट गुह्यश्वरीसम्मको सडक प्रदेश सरकारले निर्माण गर्ने भने पनि बनिसकेको छैन । नदी किनारमा समितिले नै सबै किसिमका काम एकसाथ अघि बढाइरहेको छ । करिडोर सडक निर्माणसँगै नदीको दुवैतर्फ ढल निर्माण, विभिन्न स्थानमा बाँध, किनारमा रहेका मठ, मन्दिरको पुनःनिर्माण, फोहर पानी प्रशोधन केन्द्रको निर्माण अघि बढिरहेको बताइएको छ ।
बागमती करिडोर निर्माणको कार्यक्षेत्र काठमाडौँको बागद्वारबाट कटुवाल दहसम्म छ । जम्मा ४४ किमी यसको लम्बाइ रहेको छ । अन्तिम बिन्दुतर्फ जान अहिले ट्र्याक खोलेर मोर्डन इन्डियन स्कुलसम्म पुगिएको उहाँले बताउनुभयो । खासगरी काठमाडौँ उपत्यकाका मुख्य सडकमा रहेको जाम कम गर्ने उद्देश्यले करिडोर सडक निर्माण सुरु गरिएको थियो ।
बागद्वारबाट कटुवाद दहसम्म दुवैतर्फ जान नसक्ने गरी नहुँदा लक्ष्य पूरा नहुने इञ्जिनियर अर्यालले बताउनुभयो । यसलाई निरन्तर जाने गरी बनाउनुपर्ने उहाँको भनाइ छ । काठमाडौँ उपत्यकामा रहेका सानाठूला धेरै खोलामा करिडोर निर्माणको काम अघि बढाइएको छ । कतै समिति त कतै काठमाडौँ उपत्यका नगर विकास प्राधिकरण र कतै डिभिजन सडक कार्यालयले करिडोर सडकमा निर्माण गरिरहेका छन् ।