रास्वपाले निलम्बन गरेका सांसद श्रेष्ठले पद पुनर्बहालीको माग गर्दै गरेको रिटमा भोलि पेसी

130
0
Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेका ढाकाकुमार श्रेष्ठले सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घूस लेनदेनको कुरा गरेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट पनि निलम्बन गरेको थियो।

उनले दायर गरेको रिटमाथिको सुनुवाइका लागि सोमबारलाई पेसी तोकिएको छ। पार्टीले कारबाही गरेको पत्र पठाएपछि सभामुख देवराज घिमिरेले संसद्‌ बैठकमा उनी निलम्बनमा परेको सूचना सुनाएका थिए।तय यता उनि निलम्वित छन्।

Share: