रास्वपाको ढाकाको ठाउमा विन्दवासिनी कंसाकारलाई सांसद बनाईयो

148
0
Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीले विन्दवासिनी कंसाकारलाई सांसद बनाएको छ। यसअघि रास्वपाबाट समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ निलम्बित भएपछि उनको ठाउँमा कंसाकारलाई सांसद बनाइएको हो।विन्दवासिनी कंसाकार सांसद हुने निर्णय आयोगले अघिल्लो साता नै गरेको थियो।

 

निर्वाचन आयोगबाट कंसाकारले सांसद भएको प्रमाणपत्र लिइसकेकी छन्। उनले सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र आइतबार बुझेको आयोगले जनाएको छ।आयोगले कंसाकार सांसद निर्वाचित भएको जानकारी सहितको पत्र संघीय संसद सचिवालयलाई पठाइसकेको छ।

 

यो समाचार पढ्नु भयो :

रास्वपा संसद श्रेष्ठलाई कारबाही कार्यान्वयन नगर्न अदालतकाे अल्पकालीन अन्तरिम आदेश

Share: