
काठमाडौँ/१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका १ बालुवाटारका ५४ वर्षीय अतिमान विक छन् । उनलाई सोमवार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीका अनुसार विकले ती बालिकालाई डर धम्की देखाइ गत वैशाख १८ गते बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।