टोपबहादुरको घरमा प्रहरीको छापा

127
0
Share:

काठमान्डौ/नेकपा (एमाले)का सचिव एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । रायमाझीको सातदोबाटोस्थित घरमा काठमाडौं र ललितपुरको प्रहरी टोलीले छापा मारेको हो ।

 

रायमाझीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको भन्दै जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको थियो । तर, हालसम्म  उनी पक्राउ पर्न सकेका छैनन् । उनीविरुद्ध पक्राउ पुर्जी जारी हुँदा उनी गृह जिल्ला अर्घाखाँचिमा थिए । त्यहाँ कार्यक्रममा उपस्थित रहेका उनले आफूविरूद्ध पुर्जी जारी भएपछि काठमाडौं आएर अनुसन्धानलाई सघाउने बताएका थिए ।

 

उनले प्रहरीलाई नै सम्पर्क गरेर आफैं परिसरमा हाजिर हुने बताएका थिए । तर, अहिलेसम्म उनी फरार छन् । प्रहरीले अहिलेसम्म यो प्रकरणमा ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा टोपबहादुरकै छोरा सन्दिप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टेकनारायण पाण्डे, इन्द्रजित राई, सन्देश शर्मा, सागर राई र टंककुमार गुरूङ प्रहरी हिरासतमा छन् ।

Share: