राप्रपाको विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

192
0
Share:

काठमाडौँ/राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले प्रतिनिधि सभाको आजको बैठकमा अवरोध गरेका छन्। राप्रपाका सांसदहरूले बोल्न पाउनुपर्ने माग गरेका थिए।

 

राप्रपा सांसदहरूलाई सभामुख देवराज घिमिरेले बोल्न शुन्य समयबाहेक अन्य समय नभएको बताएका थिए। त्यसपछि सभामुख घिमिरेले शुन्य समय अघि बढाएका थिए।

 

बोल्न समय नपाएको भन्दै राप्रपा सांसदहरू वेलतर्फ अघि बढेका थिए। सभामुख घिमिरेले आजै १५ मिनेटपछि बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित गरेका छन्।

 

Share: