
काठमान्डौ/देशमा र देश बाहिर रहनु भएका सम्पूर्ण नेपाली समुदायको लागि गुणस्तरिय र यथार्थपरक समाचार, लेख तथा विचारहरुको उत्कृष्ट डिजिटल थलोका रुपमा विकास गर्ने उद्देश्यका साथ लेखनपीठ डट कमको स्थापित भएको छ । लेखनपीठमा पल पलका समाचारहरुका साथ साथै उत्कृष्ट लेख र विचारहरु समावेश गरिने छ ।सुसुचित समाज र सवल अर्थतन्त्र निर्माण गरि समानता मुलक समाज निर्माणमा टेवा पुर्याउनु नै लेखनपीठको मुख्य कार्यादिशा रहनेछ ।
हाम्रो समाजका पथ प्रदर्शकहरुको विचार, जीवनीहरु लेखनपीठका नियमित संस्करणहरु हुने छन् । सामाजिक न्यायका विषय तथा मुद्दाहरुको उठान, २१ औ शताब्दीका नेपाली समाजको यथार्थ चित्रण तथा सबल समाजको निर्माणमा युवाहरुको भूमिका नै हाम्रा समाचार ,लेख र रचनाका विषय बन्ने छन। मर्यादित सत्य तथ्य पत्रकारिता लेखनपीठको मुल मन्त्र रहनेछ । समाचारको संख्या भन्दा गुणस्तरमा हाम्रो बढी जोड हुनेछ । यस समाचार गृहमा बालमैत्री, महिला उत्तरदायी तथा जेष्ठ नागरिक मैत्री आचार संहिताको पालना गर्दै सामाग्री हरु सम्प्रेसणा गरिनेछ। यौनिक तथा भाषिक अल्पसंख्यकहरुको हक हितका विषयहरुको समेत उचित उठान नियमित रुपमा गरिनेछ।
यस डिजिटल मिडिया संचालनमा आइरहदाँ नेपाल राजनितिक अस्थिरता तथा कमजोर अर्थ नीतिको शिकार हुदै कमजोर अर्थतन्त्रको बीचमा रुमल्लिइ रहेको नेपाली समाजको यथार्थ चित्रण पस्किनु पर्ने तथा जनाताको आवाज बोल्नु र लेख्नु पर्ने अपरिहार्यता हामी माझ छ ।स्थाई सरकार र जन उत्तरदायी नेतृत्व अहिलेको मुल आवश्यकता हो जुन नेपाली समाजले प्राप्त गर्न सकेको छैन। विभिन्न समुहमा बाडिएका राजनितिक दलहरु, कुर्सिको खेलमा निरन्तर लागिरहेको उदेक लाग्दो दृश्य नेपाली समाजले मन अल्मल्याएर हेरि रहेको छ।अंक गणितिय राजनिति प्रतिको वितृष्णा चरम चुलिएको छ ।आशा निराशामा बदलिदै गएको छ।
नेपाली अर्थतन्त्रका सुचकहरु दिन प्रति दिन निराशा जनक अवस्थामा जादै छन् । कोभिड लगतैको नेपाल को अर्थतन्त्र सिथिल अवस्थामा थियो। बचेखुचेको बैकिङ्ग तरलतालाई ह्वात्तै बढेको असंतुलित उपभोक्ताबाद (bubble comsumerism) ले आयात मार्फत देश बाहिर पठाउन ठूलो भुमिका खेल्यो। आयातमा निर्भर अर्थतन्त्र को कारण बिनिमय समेत देश बाहिर जान पुग्यो । यस्तो अवस्थाले अर्थतन्त्रका मुख्य स्तम्भको रुपमा रहेका बैँकहरु आफै तरलताको अभाबमा संकुचनमा गए र नेपालको आन्तरिक अर्थ व्यवस्था कमजोर हुन पुगेको तितो यथार्थ हामि माझ छ ।
आम नागरिकलाई परिरहेको आर्थिक कठिनाई हरु सुचकका रुपमा नियमित देखा परिरहेको अवस्थामा छन् । आत्मदाह र आत्महत्याको दर्दनाक स्वरुपमा बिद्रोह गर्न आज आम नेपाली समाज बाध्य छन । नेपाली समाजका मुख्य आशा नै स्पष्ट कार्य दिशा भएको दह्रो निडर र दुरगामी राजनितिक नेतृत्व हो जसले यो खस्किदो अवस्थाबाट अर्थतन्त्रलाई माथि उठाउन सकोस र नेपालि समाजलाई उन्नती र प्रगतिको बाटोमा डोर्याउन सक्ने नेतृत्वको खोजि गरिरहेको छ।
सुशासनयुक्त समाज , नैतिक र उत्तरदायित्व जनमुखी कार्यक्रमहरु नैैै अहिलेका मुख्य सामाजिक आवस्यकताका मुद्दाहरु हुन्। राजनितिक नेतृत्वबाट बस यती चिजको अपेक्षा नेपाली समाजले गर्दै आएको छ। नेताहरु हरेक विषयमा खरो उत्रिन सकुन दलगत रुपमा फुट्नको साटो सर्वदलिय सरकारको परिकल्पना गरि सरकार निर्माण भएको हेर्न नेपालि समाज आतुर छन् ।
योग्य तथा विज्ञहरु मन्त्रीपदका लागि प्राथमिकतामा परुन । यस राष्ट्रिय समस्याको घडीमा राजनितिक दलहरु भएर साझा कार्यक्रम मार्फत अगाडी बढेमा नेपाली समाज खुशीले गदगद हुनेमा कुनै शंका र दुईमत छैन । सोहि भएको हेर्न आम नेपालि चाहान्छन। अन्तमा, हाम्रा पाठक, शुभचिन्तक हरुबाट नियमित रुपमा सुझावहरु हामीलाई प्राप्त हुने छन् भन्नेमा विश्वस्त छौँ ।तपाईहरुबाट प्राप्त हुने सुझावहरुलाई आत्मसात गर्दै झन झन परिस्कृत हुँदै लेखनपीठ अगाडी बढ्ने छ भन्ने जानकारी गराउँदछौँ ।
सत्य , तथ्य र यथार्थ परक ,समाचार , लेख ,रचना र विषय विज्ञसंगको सम्बादलाई प्राथमिकताका साथ सम्प्रेष्णा गरि राज्यको कानुनले परिकल्पना गरे झैँ राज्यको चौथो अंग तथा सच्चा समाजको पहरेदार बन्ने हाम्रो लक्ष्यमा हामीलाई रचनात्मक सल्लाहा र सुझाबको खाचो छ। पत्रकारिताका माध्यमबाट समुनत समाज र उन्नत आर्थिक सम्पनताको परिकल्पनामा हातेमालो गर्दै सहि सत्य र यथार्थपरक सुझाबको अपेक्क्षा लेखनपीठ परिवारले सदैब गरेको छ। हाम्रो आशालाई आत्मसाथ गर्दै सल्लाहा र सुझाब सदैब ब्यक्त गर्न नभुल्नु होला।
सम्पादन डेस्क
लेखनपीठ डट कम परिवार