
काठमान्डौ/पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा आज बिहान पक्राउ परेका पूर्वगृहमन्त्री खाँणलाई अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो ।
उनी पक्राउ परेसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।