परराष्ट्रमन्त्री साउद भोलि बंगलादेश जाँदै

144
0
Share:

काठमान्डौ/परराष्ट्रमन्त्री एनपी साउद भोलि (शुक्रबार) बंगलादेश जाँदै छन् । बुधबार बेलायतबाट फर्केका परराष्ट्र मन्त्री साउँद ‘छैटौं इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा सहभागी हुन भोलि बङ्गलादेशको राजधानी ढाका जान लागेका हुन् ।

 

हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने मूल कार्यपत्रमा छलफल गर्नका लागि उक्त सम्मेलन आयोजना गरिएको हो ।

 

भारतको विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बङ्गलादेशको विदेश मन्त्रालयले संयुक्त रूपमा सो कार्यक्रमको आयोजना गरेका हुन् । उक्त सम्मेलन शनिबारसम्म जारी रहनेछ ।

 

चाल्र्स तृतीयाको राज्याभिषेक समारोहमा सहभागी हुन लागि गत साता मात्रै उनी बेलायत गएका थिए ।

Share: