कृषि फार्ममा आगलागी, सात घर जलेर नष्ट

Share:

काठमान्डौ/उदयपुरको मध्यपहाडी क्षेत्रको उदयपुर गढीगाउँपालिका–७ हाडेबासस्थित किसान चोकबहादुर मगरको फार्ममा आज आगालागी हुँदा कृषि फार्मसहित–४ गोठ र दुई घर गरी सात घर जलेर नष्ट भएको छ ।

 

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहान ९ बजे विद्युत् सर्ट भई आगलागी सुरु भएको हो । आगलागी हुनासाथ प्रहरीको टोली प्रहरी चौकी चुहाडे, उदयपुरगढी प्रहरी चौकीसहित स्थानीयले आगलागी नियन्त्रणमा लिएको प्रहरी प्रमुख ज्ञानेन्द्रकुमार फुँयालले बताउनुभयो ।

Share: