राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु, आफन्तले घेरे अस्पताल

Share:

काठमान्डौ/दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सुत्केरीको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल घेरेका छन् । घोराही उपमहानगरपालिका–८ सौरीकी मधु बुढाथोकी केसीको बिहीबार प्रतिष्ठानमा मृत्यु भएपछि आफन्तहरुले आन्दोलन गरेका हुन् । घोराही-८ सौरी निवास २८ वर्षकी मधु केसी बिहीबार बिहान सुत्केरी हुन अस्पताल भर्ना भएकी थिइन् ।

 

सुत्केरी भएकी उनको साल नझरेपछि शल्यक्रिया गरिएको थियो । अत्यधिक रक्तश्राव भएपछि उनको गएराति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

अस्पतालले लापरबाही गरेको भन्दै आफन्तले क्षतिपूर्ति माग गर्दै अहिल नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।

Share: