आगलागी पीडितलाई राहत

128
0
Share:

काठमान्डौ/बर्दियाको मधुवन नगरपालिका–१ डाँडागाउँका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटीलगायत स्थानीय वडाले पीडितलाई घटनास्थल पुगेर विपद् व्यवस्थापन समितिका तर्फबाट पूर्ण क्षति बेहोरेका सात परिवारलाई प्रतिपरिवार दुईवटा झूल र रु १०/१० हजार राहत उपलब्ध गराइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताउनुभयो ।

 

पीडितहरूलाई मधुवन नगरपालिका–१ ले तत्काल तयारी भोजनको मेस सञ्चालन गरेको वडाध्यक्ष मीन थापाले जानकारी दिनुभयो । प्रारम्भिक तथ्याङ्कअनुसार आगलागीबाट सात घर पूर्ण र पाँचवटा घर आंशिक जलेका छन् । मानवीयलगायत पशुचौपाय क्षति नभए पनि ३३ लाख मूल्य बराबरको धनमाल क्षति भएको छ ।

 

बिहीबार बेलुकी साढे ५ बजे गोरी रोकायको घरमा विद्युत् लाइन सर्ट भई आगलागीबाट स्थानीय कुन्ती मगर, गोरी रोकाय, पशुपति कामी, दिलबहादुर सुनार, टीकाकुमारी कामी, धनसरा विक र गोविन्द विकको घरमा पूर्ण क्षति पुगेको छ ।

Share: