
काठमान्डौ/चितवनको भरतपुर महानगरपालिका-४, मा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । सोही महानगरपालिका-२६, का ३६ वर्षीय दिपेन्द्रराज गिरीको मोटर साइकल दुर्घटनामा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
उनको जिल्ला अस्पतालमा उपचारको क्रममा बेलुकी ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बेलुकी सवा ७ बजे बागमती प्रदेश–०६–००१ प २९६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो ।